दोस्रो मेयर कप महिला फुटबलको खेलतालिका सार्वजनिक

भोजपुर (खेलदैनिक) । जिल्ला फुटबल संघ भोजपुरको आयोजनामा हुन गईरहेको दोस्रो मेयर कप महिला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

यहि कार्तिक १ गतेदेखि स्थानीय टुंडिखेल मैदानमा शुरु हुन गईरहेको प्रतियोगितामा कुल ६ महिला फुटबल टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा भोजपुर नपा १०, भैंसीपंखा र भोजपुर नपा ७ बीच हुनेछ । प्रतियोगिताको फाइनल खेल भने कार्तिक ५ गते हुनेछ ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...