अध्यक्ष कप फुटबल शुरु, थोरङको विजयी सुरुआत

बागमती (खेलदैनिक) । थोरङ युवा क्लबले अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा थोरङले उच्च शिखर युवा क्लबलाई १–० गोलले पराजित गर्यो । विनोद लामाले निर्णायक गोल गरे ।

प्रतियोगिताको पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा २२ टिम सहभागी छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।

सेमिफाइनलमा पराजित हुने २ टिमलाई समान २०–२० हजार नगदबाट पुरस्कृत गरिने छ । आठदिने प्रतियोगिताका खेलहरु प्युटारस्थित खयरघारीमा भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...