दोश्रो नेपाल ई स्पोर्टस् च्याम्पियनसिप सुरु

काठमाडौं (खेलदैनिक) । नेपाल ई स्पोर्टस् संघको आयोजनमा दोश्रो नेपाल ई स्पोर्टस् च्याम्पियनसिप २०१९ बुधबार देखि काठमाण्डौमा सुरु भएको छ ।

काठमाण्डौको भोटाहिटीस्थित डब्लुएएसडीको एरिनामा सुरु भएको च्याम्पियनसिपमा ई स्पोर्टस् अन्तरगतको डोटा २ र सिएसजिओ गरि दुई विधामा प्रतिस्पर्धा भईरहेको छ । डोटामा १२ टिम र सिएसजिओमा ११ टिम गरि कुल ११५ खेलाडीहरुले कम्प्युटर र ईन्टरनेटका माध्यमबाट खेलिने खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

च्याम्पियनसिपका क्वालिफाईङ्ग राउण्ड डब्लुएएसडीको एरिनामा र सेमिफाईनल तथा फाईनल चरणका खेल कार्तिक ८ र ९ गते भृकुटीमण्डपमा दर्शकहरुका माझ प्रतिस्पर्धा गराईने आयोजकले जनाएका छन् ।

च्याम्पियनसिप अन्तरगत भईरहेको डोटा २ प्रतियोगिता अन्तराष्ट्रिय ई स्पोर्टस् महासंघले कोरियाको सिओलमा आयोजना गरिने ११ औं बिश्व च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता समेत रहेको नेपाल ई स्पोर्टस् संघले जानकारी गराएको छ ।

यस्तै पाटन कलेजले बिहिबार देखि ई स्पोर्टस् अन्तरगतकै फिफा १९ अन्तरकलेज च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । सेमिफाईनल अगाडीका छनौट प्रतियोगिता पाटन कलेजमा र सेमिफाईनल तथा फाईनलका खेल कार्तिक ८ र ९ गते भृकुटीमण्डपमा आयोजना गरिने छ ।

पाटन कलेजले यस प्रतियोगितामा परिणाम प्राप्त गर्ने २५ खेलाडीहरुलाई स्नातक र स्नातकोत्तरका लागि पूर्ण छात्रबृत्ती प्रदान गर्ने समेत आयोजकले जनाएका छन् ।

नेपालमा नौलो खेलको रुपमा उदाएको यो कम्पुटरको माध्यमबाट खेलिने खेल बिश्व खेल मञ्चमा निकै अगाडी देखि खेलिंदै आएको र करौडौ दर्शकहरुले आनन्द लिईरहेको खेल हो । नेपालमा पनि हाल बालबालिका लगायत करौडौ ब्यक्तिहरु कम्प्युटर खेलमा ब्यस्त रहेका हुन्छन् ।

तर यसको बिश्व एरिना तथा प्रतिस्पर्धाका रुपमा पनि अगाडी बढि रहेको कमैलाई मात्र ज्ञान छ । त्यस ज्ञानलाई पनि आम जन समक्ष प्रस्तुत गर्ने र यस खेलको विकास र विस्तारमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...