आयोजक बेलटारीलाई दोस्रो लक्ष्मणपुर कपको उपाधि

बर्दिया (खेलदैनिक) । दोस्रो लक्ष्मणपुर कप जिल्ला स्तरिय फुटबल प्रतियगिताको उपाधि आयोजक बेलटारी युवा क्लबले जितेको छ । फाइनल भिडन्तमा बठुवालाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो ।

बिजेता बनेको बेलटारीले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्यो भने उपविजेता बठुवाले १६,००० रुपैयाँमा चित्त बुझायो । त्यस्तै तेस्रो र सान्त्वाना स्थानको लागि भएको खेलमा राझाले माछागढलाई ट्राईबेकरमा ३–२ ले हराएको थियो ।

प्रतियोगिताको विधागततर्फ उत्कृष्ट गोलरक्षक राजेश थारु घोषित भए भने उत्कृष्ट डिफेन्डर सुदिप घर्ती चुनिए । त्यस्तै उत्कृष्ट मिडफिल्डर अबिनास थापा घोषित भए भने उत्कृष्ट फरवार्डको पुरस्कार मिलन थापाले हात पारे ।

त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार फागुराम थारुले हात पारे भने उदयीमान खेलाडी विवेक दुलाल बने । बेलटारी युवा क्लब, बाँसगढी–४, लक्ष्मणपुर, बर्दियाको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने राजु थारु घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...