आयोजक कल्चरल ग्रीनलाई उपाधि

सुनसरी (खेलदैनिक) । वाई–वाई बराहक्षेत्र गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक कल्चर ग्रीन फुटबल क्लबले जितेको छ ।

वराहक्षेत्र–६, चक्रघट्टी स्थित महेन्द्र माविको खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा आयोजक कल्चरले राजावास एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

कल्चरलको जितमा भुवन बस्नेतले एक मात्र निर्णायक गोल गरे । बिजेता बनेको कल्चरले उपाधिसहित नगद १,०१,१११ रुपैया हात पार्यो भने उपविजेता राजावासले ५०,५५५ मा चित्त बुझायो ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बर्तमान राई घोषित भए । कल्चरल ग्रीन क्लब, बराहक्षेत्र–६, सुनसरीको आयोजनामा गत असोज १२ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...