फर्साटिकरलाई साख जोगाउने चुनौति, फुलबारीलाई बदला लिने अवसर

बुटवल (खेलदैनिक) । रुपन्देहीमा जारी सातौं चाँदनी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आज (आइतबार) फर्साटिकर युवा क्लब र फुलबारी गाईज भिड्दै छन् ।

यस बर्ष उत्कृष्ट लयमा देखिएको फर्साटिकरले पछिल्लो महिना यता तीन फाइनल खेलिसकेको छ । त्यसमध्ये लिस्नु कपको उपाधि जित्न पनि सफल भएको थियो । स्मरण रहोस, लिस्नु कपको फाइनलमा फर्साटिकरले फुलबारी गाईजलाई नै हराएको थियो ।

त्यसपछि दर्शन कपको फाइनलमा र शनिबार सम्पन्न ३३औं झरना कपको फाइनलमा भने फर्साटिकर उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।

आज चाँदनी कपको फाइनलमा फर्साटिकर मैदानमा उत्रिदा उसलाई पछिल्ला प्रतियोगिताहरुमा खेलेको फाइनल खेलको साख जोगाउने चुनौति पनि हुनेछ । उता १९औं लिस्नु कपको फाइनलमा नमिठो हार बेहोरेको फूलबारीले, त्यो हारको पिडा बिर्सदै फर्साटिकर विरुद्ध आज बदला लिने दाउ र अवसरको पर्खाईमा समेत हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...