उपाधिका लागि लक्ष्मणपुर र बठुवा भिड्दै

बर्दिया (खेलदैनिक) । यहि असोज ९ गतेबाट सुरु भएको दोस्रो लक्ष्मणपुर कप जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बेलटारि युवा क्लब लक्ष्मणपुर “ए“ र बठुवा बिच फाईनल खेल आज (आइतबार) दिउँसो २ बजे हुँदैछ ।

बेलटारिले सेमिफाईनलमा माछागढलाई २–१ को सङर्घषपुर्ण जित निकाल्दै फाईनल यात्रा तय गरेको थियो भने बठुवाले राझालाई २–० ले हराउदै फाईनलमा बेलटारिसंगको भेट पक्का गरेको थियो ।

आयोजकका अनुसार यी दुई टोली पहिलो संस्करणको फाईनलमा पनि आमने सामने भएका थिए जसमा बेलटारिले बठुवालाई हराउँदै उपाधि जित्न सफल भएको थियो । त्यहि नमिठो हारलाई बिर्सेर बठुवा यसपटक उपाधि जित्ने लक्ष्यका साथ फाईनलमा उत्रिनेछ भने आयोजक बेलटारि त्यहि फाईनलको नतिजालाई निरन्तरता दिन आज उत्रिने छ ।

त्यस्तै तेस्रो र चौथो स्थानको लागि सेमिफाईनलमा पराजित राझा र माछागढ भिड्ने भएका छन् । प्रतियोगिताको बिजेताले उपाधिसहित नगद रु ३३३३३ हात पार्नेछ भने उपविजेताले १६००० प्राप्त गर्नेछ । त्यसैगरी तेस्रो र चौथो हुने क्रमा १० हजार र ८ हजार प्राप्त गर्ने आयोजक बेलटारी युवा क्लब, बाँसगढी–४, लक्ष्मणपुरले जनाएकोछ ।


प्रतिक्रिया दिनुहोस

Loading...