सिम्रिकलाई ३३औं झरना कपको उपाधि

तिलोत्तमा (खेलदैनिक) । रुपन्देही जिल्ला कै पुरानो र परिचित मध्ये एक ३३औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि सिम्रिक युवा क्लबले जितेको छ ।

शनिबार तिलोत्तमा–६ स्थित उमा आधारभुत माविको खेलमैदानमा भएको फाइनल भिडन्तमा सिम्रिकले फर्साटिकर युवा क्लबलाई ४–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

बिजेता बनेको सिम्रिकले उपाधिसहित नगद ३ लाख १० हजार हात पार्यो भने उपविजेता फर्साटिकरले १ लाख ५५ हजारमा चित्त बुझायो ।

झरना स्पोर्टस् क्लब, तिलोत्तमा–६, कुञ्जलापुरको आयोजनामा गत असोज २ गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही, नवलपरासी, चितवन, नेपालगञ्जका गरि कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...