उत्कृष्ट जितका साथ साविक विजेता फूलबारी फाइनलमा

बुटवल (खेलदैनिक) । उत्कृष्ट जितका साथ साविक विजेता फुलबारी गाईज, बुटवल ज साँतौ चाँदनी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कञ्चन गाउँपालिका–१ दानापुर स्थित खेलमैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा फूलबारीले आयोजक चाँदनी युवा क्लबलाई ४–१ ले हराउँदै फाइनलमा पुग्न सफल भएको हो ।

फूलबारीको जितमा म्यान अफ द म्याच समेत घोषित शरद क्षेत्रीले दुई गोल गरे । त्यस्तै अनुप गुरुङ र सबी गुरुङले थप एक–एक गोल गरे । उता पराजित चाँदनीका लागि एक मात्र गोल किरन सुनारले गरेका थिए ।

फूलबारीले फाइनलमा अब यहि असोज १९ गते आइतबार अर्को बलियो फर्साटिकर युवा क्लबसँग उपाधिका लागि भिड्नेछ । फर्साटिकरले बिहीबार भएको पहिलो सेमिफाइनलमा विश्व शान्ति युवा क्लबलाई हराउँदै यसअघि नै फाइनल स्थान सुरक्षित गरेको थियो ।

चाँदनी युवा क्लब, कञ्चन–१, दानापुरको आयोजनामा शुरु प्रतियोगितामा रुपन्देही, नवलपरासी र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...