थ्रीस्टारद्वारा शेख कमल कपको तयारी शुरु

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा आयोजना हुन गईरहेको यस बर्षको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा सहभागिता जनाउने पक्का भएको रुस्लान थ्रीस्टार क्लबले त्यसका लागि अभ्यास तयारी शुरु गरेको छ ।

बंगलादेशी क्लब चटगाँव अवाहानीको आयोजनामा यहि अक्टुबर १९ देखि २९ तारीखसम्म चटगाँव स्थित एम.ए. अजिज स्टेडियममा हुने प्रतियोगितामा बंगलादेश, भारत, मलेसिया, माल्दिभ्स, नेपाल र लाओसका क्लबहरुको सहभागिता रहने बताइएको छ ।

दुई बर्ष अघि सन् २०१७ मा सम्पन्न गत संस्करणको उपाधि माल्दिभ्सको टिसी स्पोर्टसले जितेको थियो । त्यतिबेला नेपालको तर्फबाट मनाङ मस्र्याङ्दी क्लबले सहभागिता जनाएको थियो । मनाङले सो बेला सेमिफाइनलसम्मको यात्रा पनि तय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...