खुला फुटबल प्रतियोगिता हुने

काठमाडौं (खेलदैनिक) । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता असोज २९ गतेदेखि हुने भएको छ ।

नकआउट प्रतियोगितामा अनुमाति २२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष बुद्धराज नेगीले जनाएका छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।

सेमिफाइनलमा पराजित हुने २ टिमलाई समान २०–२० हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । आठदिने प्रतियोगिताका खेलहरु प्युटारस्थित खयरघारीमा हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...