साफ यु–१५ महिला च्याम्पियनसिप खेल्ने टोलीको विदाई

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१५ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाई गरेको छ । एन्फा कम्प्लेक्समा आयोजित विदाई कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य पदाधिकारीहरुले नेपाली यु–१५ महिला फुटबल टोलीको विदाई गरे ।

यहि अक्टुबर ९ देखि १५ तारीखसम्म भुटानको थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा हुन गईरहेको प्रतियोगितामा सार्क राष्ट्रहरु मध्ये आयोजक भुटान, बंगलादेश, भारत र नेपाल गरी कुल ४ टोलीहरुले सहभागिता जनाउँदै छन् ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितातर्फ शिर्ष दुई टोली फाइनलमा उपाधिका लागि भिड्ने छन् । नेपालले उद्घाटन खेलमै साविक विजेता भारतको सामना गर्नेछ । त्यस्तै ११ अक्टुबरका दिन गत संस्करणको उपविजेता बंगलादेश विरुद्ध खेल्नेछ भने १३ अक्टुबरका दिन आयोजक भुटान विरुद्ध भिड्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...