फर्साटिकर उपाधि नजिक

बुटवल (खेलदैनिक) । शुरुवातबाटै बलियो प्रत्याशी मानिएको फर्साटिकर युवा क्लब जारी साँतौ चाँदनी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार कञ्चन गाउँपालिका–१ दानापुर स्थित खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा फर्साटिकरले विश्व शान्ति युवा क्लबको चुनौति १–० को साँघुरो अन्तरले पन्छाउँदै उपाधि नजिक पुगेको हो ।

फर्साटिकरको जितमा फोडे फोफोनाले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने फर्साटिकर कै रोशन पहाडी घोषित भए । प्रतियोगिता अन्तरगत असोज १७ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल आयोजक चाँदनी युवा क्लब र साविक विजेता फूलबारी गाईज बीच हुने आयोजकले जनाएको छ ।

चाँदनी युवा क्लब, कञ्चन–१, दानापुरको आयोजनामा शुरु प्रतियोगितामा रुपन्देही, नवलपरासी र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...