एएफसी यु–१९ छनौटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (खेलदैनिक) । एएफसी यु–१९ च्याम्पियनिसप छनौट खेल्ने तयारीमा रहेको नेपाली युथ टोलीको प्रारम्भिक स्क्वाड घोषणा गरिएको छ । नवनियुक्त मुख्य प्रशिक्षक मेघराज केसीले बिहीबार यु–१९ फुटबल टोलीको प्रारम्भिक नामावली घोषणा गरेका हुन् ।

छनौट प्रतियोगितातर्फ समूह डी मा रहेको नेपालले आयोजक इरान, युएई र किर्गिस्तानसँग खेल्ने तय भईसकेको छ । एन्फाका अनुसार प्रारम्भिक टोलीमा परेका खेलाडीहरुले यहि आउँदो ११ अक्टुबरसम्म अभ्यास क्याम्पमा सहभागिता विश्वास पनि व्यक्त गरेको छ ।

यस्तो छ प्रारम्भिक टोली

ब्रिजेश चौधरी, सचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी, शिषिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझी, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा, बिशाल बस्नेत, रणदिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, बिशान्त बस्नेत, आलिक रुम्बा, अन्जल महर्जन, बिशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना, असिम भुसाल, बिकास खवास, कर्मा शेर्पा, बिशाल शाही, बिजय श्रेष्ठ, निराजन महर्जन, राम गुरुङ, युवेश थापा मगर, महेश शाह, राजिव लोप्चन, अनिल महर्जन, मौसम कार्की, मौसम सुब्बा, निसेन सुब्बा, रेजिन सुब्बा, दिनेश हेमजन, दिपेश आले मगर, योगेश गुरुङ


प्रतिक्रिया दिनुहोस

Loading...