विश्वकप छनोट : नेपालले कुवेद्ध विरुद्ध दशरथ रंगशाला मै खेल्ने पक्का

काठमाडौं (खेलदैनिक( । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ नेपाल र कुवेत बीचको खेल दशरथ रंगशालामा हुने पुष्टी गरेको छ । स्मरणीय छ, उक्त खेल आउँदो नोभेम्बर १९ तारीखका दिन हुनेछ ।

यसअघि रंगशालाको पूननिर्माण कार्य जारी रहेकाले कुवेत र नेपालबीचको खेल नेपाल मै हुनेमा अनिश्चितता छाएको थियो । यद्यपि मंगलबार राखेपका सदस्य सचिव रमेश सिलवाले उक्त खेल नेपाल मै हुने पुष्टी गरे ।

सिलवाल भन्छन्, “नोभेम्बर १९ तारीखका दिन नेपालले कुवेतको आतिथ्यता गर्नेछ । यो कुरा म पुष्टी गर्न सक्छु ।”

विश्वकप छनौटतर्फ नेपालले दुई अवे म्याच खेलिसकेको छ । जसमध्ये एकमा हार र एकमा जित निकालेको छ । साथै नेपालले यहि अक्टुबर १० तारीखका दिन बलियो अष्ट्रेलिया विरुद्ध क्यानबेरामा खेल्दैछ ।

विश्वकप छनौटतर्फ समूह बी मा रहेको नेपालले अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई विरुद्ध होम र अवे म्याचका रुपमा खेल्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...