भारत साफ यु–१८ को नयाँ च्याम्पियन

काठमाडौं (खेलदैनिक) । प्रतियोगिताको शुरुवातबाटै दावेदार मानिएको भारत साफ यु–१८ च्याम्पियनसिपको नयाँ विजेता बनेको छ । आइतबार हल्चोक स्थित एपिएफ स्टेडियममा सम्पन्न फाइनल भिडन्तमा भारतले गत संस्करणको उपविजेता बंगलादेशलाई २–१ ले हराउँदै पहिलोपटक उपाधि जित्न सफल भएको हो ।

खेलको दोस्रो मिनटमै विक्रम प्रताप सिंहको गोलबाट शुरुवाती अग्रता बनाएको भारतले त्यसलाई पहिलो हाफसम्म पनि जोगाउन सकेन । उता ३८औं मिनटमा मोहम्मद यसिन अराफतले बंगलादेशका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यद्यपि दोस्रो हाफको अन्तिमतिर इन्जुरी समयमा रवि रानाले दोस्रो तथा निर्णायक गोल गर्दै भारतको रोमाञ्चक फाइनल जित सुनिश्चित गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...