साफ यु १८ : माल्दिभ्सलाई तेस्रो स्थान

काठमाडौं (खेलदैनिक) । माल्दिभ्सले यस बर्षको साफ यु १८ च्याम्पियनसिपतर्फ तेस्रो स्थान हासिल गर्न सफल भएको छ । आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको तेस्रो स्थानको प्ले अफ म्याचमा माल्दिभ्सले भुटानमाथि १–० को जित निकाल्यो ।

स्मरण रहोस, सेमिफाइनलमा भुटानले बंगलादेशससँग र माल्दिभ्सले भारतसँग समान ४–० को हार बेहोर्दै फाइनल पुग्नबाट बञ्चित भएको थियो ।

आइतबार नै हुने फाइनल खेलमा भारत र बंगलादेश भिड्दै छन् । जुन सशस्त्र प्रहरीको हल्चोक स्टेडियममा अपरान्ह ३ बजेदेखि शुरु हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...