साफ यु १८ : भारतको जित, सेमिफाइनल समिकरण पूरा

काठमाडौं (खेलदैनिक) । नेपालमा जारी साफ यु १८ च्याम्पियनसिपतर्फ बुधबार सम्पन्न समूह बी तर्फको अन्तिम खेलसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।

हल्चोक स्थित एपिएफ स्टेडियममा भएको समूह बी तर्फको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३–० ले हराएपछि सेमिफाइनल समिकरण पूरा भएको हो ।

जित्नै पर्ने दबाबका साथ उत्रिएको भारतले सबै गोल दोस्रो हाफमा गर्यो । भारतका लागि गुरकिरत सिंहले ६० र ८८औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै इन्जुरी समयमा अमन क्षेत्रीले तेस्रो गोल गर्दै भारतको जित सुनिश्चित गरेका थिए ।

गोलनेपालका अनुसार बुधबारको नतिजासँगै भारत समूह बी को विजेता र बंगलादेश उपविजेत ाबनेको छ । त्यस्तै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । भारतले अब सेमिफाइनलमा माल्दिभ्सको सामना गर्नेछ भने बंगलादेशले भुटानसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...