भुटान र माल्दिभ्स सेमिफाइनलमा, नेपालको चुनौति समाप्त

काठमाडौं (खेलदैनिक) । पछिल्ला दुई संस्करणको विजेता तथा आयोजक राष्ट्र नेपाल जारी साफ यु–१८ च्याम्पियनसिपतर्फ समूह चरणबाटै बाहिरिएको छ । मंगलबार समूह ए तर्फको अन्तिम खेलमा माल्दिभ्स र भुटानले गोलरहित बराबरी खेलेपछि डिफेन्डिङ च्याम्पियन नेपालको चुनौति समाप्त भएको हो ।

स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा भुटानसँगै स्तब्धपुर्ण रुपमा ३–० ले पराजित भएको थियो ।

मंगलबारको नतिजासँगै २ खेलबाट ४ अंक जोडेको भुटान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो । त्यस्तै २ अंक जोडेको माल्दिभ्स पनि पहिलोपटक प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । उता अंकविहीन नेपाल पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...