संकटा नेपाल आर्मीलाई पराजित गर्दै १९वौ तिलोत्तमा गोल्डकप को बिजेता

संकटा क्लबले नेपाल आर्मीलाई २-१ले पराजित गर्दै १९वौ तिलोत्तमा गोल्डकपको उपाधी जितेको छ।
संकटाको लागि निराजन खड्काले दुबै गोल गरे। आर्मीका लागि राजिब गुरुङले ३०वौ मिनटमा गोल गरेका थिए।

बिजेता टोलीले रु ५,५५,५५५ प्राप्त गर्‍यो भने उपबिजेता हुने टोलीले ३,३३,३३३ प्राप्त गर्‍यो।

भेट्रान खेलाडी दिलिप छेत्रीले प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै १ स्कूटर प्राप्त गरे।  विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछन ।

प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५/१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरियो।

प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लव, धरान फुटवल क्लव, एचएम हिमालयन शेर्पा क्लव, रमपम झापा ११, दिल्ली युनाईटेड एफसि र शेरे एफ सि क्यालिङगपोङको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस

Loading...