सक्षमलाई जरिवाना, प्रगतिशीलका दुई खेलाडी प्रतिबन्धित

हेटौंडा (खेलदैनिक) । मकवानपुरको हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा खेलको नियमविपरीत खेललाई बहिष्कार गरेको भन्दै सक्षम युवा क्लवलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्ला फुटबल संघ मकवानपुरको बैठकले सक्षमलाई जरिवाना गर्ने निर्णय गरेको हो । सक्षमले २२ गते भएको विजय युथ क्लवसँगको खेलमा खेल समयभित्रै रेफ्रीको निर्णय नमानी खेल बहिष्कार गरी हिँडेको थियो । मुख्य रेफ्रीले पटकपटक बोलाउँदासमेत बेवास्ता गरेकाले काराबाही गरिएको संघले जनाएको छ ।

यसैगरी सोमबार भएको खेलमा रेफ्रीलाई अपशब्द बोलेको भन्दै प्रगतिशील युवा क्लवका दुई खेलाडीलाई एक खेलमा प्रतिबन्धको कारबाही गरिएको छ । गोलरक्षक अजय बराल र टिम क्याप्टेन सुमन विष्टलाई एक खेलमा प्रतिबन्ध लगाइएको हो ।

गत सोमबार भएको एफसी इन्टरनेटसँगको खेलमा २–० ले पछि परेको अवस्थामा रेफ्रीको निर्णय नमानी दुई खेलाडीले अपशब्द बोलेको फुटबल संघको दावी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...