मकवानपुर जिल्ला लिग : सानोपोखरा र पदमपोखरीको जित

मकवानपुर (खेलदैनिक) । हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा सानोपोखरा युवा क्लव र पदमपोखरी युवा क्लव विजयी भएका छन् । प्रतिभा र न्यू डाँफे तथा सक्षम क्लव र युनाइटेड नाइनले बराबरी खेलेका छन् ।

बिहान भएको खेलमा सानोपोखराले ५ नम्बर वडाकै पिप्ले युवा क्लवलाई २–१ गोल अन्तरले हराएको हो । यस्तै बर्षाको कारण बुधबार स्थगित भएको पदमपोखरी युवा क्लव र एफ.सी.एच चाइनाक्वाटरबीचको खेलमा पदमपोखरी विजयी भएको छ । पदमपोखरीले चाइनाक्वाटरलाई ३–१ गोल अन्तरले हराएको हो ।

बिहीबार दिउँसो न्यू डाँफे यूथ क्लव र प्रतिभा क्लवले गोलरहित बराबरी खेलेका छन् । यस्तै यूनाइटेड नाइन क्लव र सक्षम युवा क्लव नेवारपानीले पनि २–२ को बराबरी खेले । युनाइटेडको तर्फबाट अभी राई र सरोज मोक्तानले एक–एक गोल गर्दा सक्षमका बादल थिङले दुवै गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...