साबित्राले गरीन् अनु लामाको किर्तिमानको बराबरी

काठमाडौं (खेलदैनिक) । बिहीबार किर्गिस्तानमा सम्पन्न प्रतिष्ठित नडेदा कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल च्याम्पियनसिपमा नेपालकी स्ट्राइकर साबित्रा भण्डारीले सर्वाधिक गोलकर्ताको पुरस्कार जितिन् ।

प्रतियोगिताभरि कुल सात गोल गरेकी उनले त्यो पुरस्कारसँगै एउटा विशेष किर्तिमान पनि आफ्नो नाममा गराईन् । प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानसँग ३–२ को हार बेहोरेको थियो ।

त्यो खेलमा नेपालका लागि दुवै गोल साबित्राले गरेकी थिईन् । साथै त्यो गोलसँगै नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा उनको गोलसंख्या ३५ पुगेकोे थियो । जुन नेपाली महिला फुटबल खेलाडीले बनाएको सर्वाधिक गोलको किर्तिमान समेत हो । यसअघि यो किर्तिमान पूर्व राष्ट्रिय खेलाडी अनु लामाको नाममा थियो ।

साबित्राले लामाको किर्तिमान बराबरी गरेकी छिन् । यद्यपि लामाले हालै अन्तर्राष्ट्रिय फुटबलमा सन्यासको घोषणा गरी सकेक िछन् । अब साबित्राले नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने महिला फुटबल खेलाडीको किर्तिमान आफ्नो नाममा लेखाउने प्रयासमा हुने छिन् ।

जुन प्रयास आउँदो दक्षिण एसियाली खेलकुद (साग) मा पूरा हुने सम्भावना निश्चित प्रायः छ । स्मरण रहोस, यस पटकको दक्षिण एसियाली खेलकुद आउँदो डिसेम्बरमा नेपालमा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...