साबित्राले जितिन् सर्वाधिक गोलकर्ताको पुरस्कार

काठमाडौं (खेलदैनिक) । किर्गिस्तानमा सम्पन्न प्रतिष्ठित नडेदा कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालकी स्टार स्ट्राइकर साबित्रा भण्डारी सर्वाधिक गोलकर्ता बनेकी छिन् ।

आयोजक किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तानसँग भिडेको नेपालले फाइनलमा उज्वेकिस्तानसँग बिहीबार ३–२ ले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।

यद्यपि प्रतियोगिताभरि कुल ७ गोल गरेकी साबित्राले सर्वाधिक गोलकर्ताको पुरस्कार जितिन् । त्यति मात्र नभएर उनले फाइनल भिडन्तमा उज्वेकिस्तान विरुद्ध नेपालका लागि दुवै गोल गरेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...