अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपालको सपना फेरि तुहियो

काठमाडौं (खेलदैनिक) । किर्गिस्तानमा सम्पन्न प्रतिष्ठित नडेदा कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपाल सम्मानजनक हारका साथ उपविजेता बनेको थियो । यो हारसँगै नेपाली महिला फुटबल टोलीको अन्तर्राष्ट्रिय भिडन्तमा उपाधि जित्ने सपना फेरि तुहिएको छ ।

बिहीबार सम्पन्न फाइनल भिडन्तमा नेपालले आफू भन्दा निकै बलियो उज्बेकिस्तानसँग ३–२को सम्मानजनक हार बेहोर्यो । यसअघि यी दुई टोली लिग चरणमा पनि भिडेका थिए । त्यतिबेला नेपालले २–० ले नतिजा सुम्पिएको थियो । फिफा वरियतामा उज्वेकिस्तान ४४औं स्थानमा छ भने नेपाल १०६औं स्थानमा छ ।

फाइनल भिडन्तमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेकी साबित्रा भण्डारी एक्लैले दुई गोल गरिन् । स्मरण रहोस, नेपालले लिग चरणतर्फ आयोजक किर्गिस्तान र ताजिकिस्तानलाई हराउँदै उपविजेताका रुपमा फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा नेपालसहित उज्वेकिस्तान, किर्गिस्तान र ताजिकिस्तानले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...