जोर्डन जाने यु–१६ फुटबल टोलीको विदाई

काठमाडौं (खेलदैनिक) । यहि आउँदो सेप्टेम्बर १४ देखि २२ तारीखसम्म हुन गईरहेको २०२० एएफसी यु–१६ च्याम्पियनसिपको छनौट प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमका बीच नेपाली यु–१६ टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार, एन्फा कर्मा छिरिङ शेर्पा लगायत अन्य पदाधिकारीहरुले बिदाई गरे ।

छनौट प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालले आयोजक जोर्डन, ताजिकिस्तान, कुवेत र श्रीलंका विरुद्ध खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल १४ सेप्टेम्बरका दिन घरेलु टोली जोर्डन विरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

त्यस्तै १६ सेप्टेम्बरका दिन कुवेतसँग खेल्नेछ भने २० सेप्टेम्बरका दिन ताजिकिस्तान विरुद्ध खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले २२ सेप्टेम्बरका दिन श्रीलंकाको सामना गर्नेछ ।

नेपाली स्क्वाड

गोलकिपर्स : मनोज दाहाल, जिनियस केसी, पत्थुङहाङ नेम्वाङ

डिफेन्डर्स : अजय चौधरी, अभिषेक वाइबा, जन लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमिर हामिद

मिडफिल्डर्स : नितेश श्रेष्ठ, क्रिस्टल शाक्य, जन्मी जय धामी, विपिन तुपसिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाईं, निराजन खत्री

फरवार्डस : सशांक बोहरा, सुगम जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा, दिपेश राई


प्रतिक्रिया दिनुहोस

Loading...