अग्नी १९ औं तिलोत्तमा गोल्डकपको उपाधिकोलागि संकटा र नेपाल आर्मी भिड्दै

(सुरज राना मगर, खेलदैनिक, बुटवल) तिलोत्तमा गोल्डकपको १९ औं संरकरणकालागि शनिबार संकटा र नेपाल आर्मी मैदानमा उत्रिदैछन् । यसअघि चार पटकसम्म भेट भएका दुई टिमको यो पाचौ भेट हो ।

खेल ३ बजेबाट सुरु हुनेछ ।

चार भेट मध्ये संकटाले तीन र आर्मीले एक खेलमा जीत गरेको थियो । पाचौ भेटमा दुबै टिम जितको पर्खाइमा छन् ।

संकटाका टिम म्यानेजर राजेश तुलाधरले आर्मी चुनौतिपूर्ण भए पनि जीत सुनिश्चित हुने बताएका छन्  । आर्मीको कोच नबिन न्यौपानेले पनि जीत दर्ता गरेर जाने बताए ।

प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछन ।

प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५/१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लव, धरान फुटवल क्लव, एचएम हिमालयन शेर्पा क्लव, रमपम झापा ११, दिल्ली युनाईटेड एफसि र शेरे एफ सि क्यालिङगपोङको सहभागिता छ।

करिव ७५ लाख रुपैयाँको खर्च अनुमान गरिएको प्रतियोगितामा अग्नी सिमेन्टले प्रायोजकको रुपमा १५ लाख रुपैयाँ प्रदान गरेको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस

Loading...