भरतपुरलाई हराउँदै देशभक्त सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । देशभक्त युवा क्लब, नवलपरासी रुपन्देहीमा जारी १९औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा देशभक्तले भरतपुर एफसी, चितवनलाई २–० ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो । देशभक्त जितको बिक्रम सिंह र कृपा चौधरीले गोल गरे ।

खेलको म्यान अफ द म्याच देशभक्तका सनम थापा घोषित भए । प्रतियोगिता अन्तरगत भदौ २६ गते बिहीबारको दोस्रो क्वाटरफाइनल फर्साटिकर एफसी, रुपन्देही र यु.एन.बि.सी. एकेडेमी, दाङबीच हुने आयोजकले जनाएको छ ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ प्राप्त गर्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही २५–२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासीका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो असोज ३ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...