नेपाल फाइनलमा, उपाधिका लागि उज्बेकिस्तानसँग भिड्ने

काठमाडौं (खेलदैनिक) । किर्गिस्तानमा जारी चार देशीय नडेज्दा कप महिला फुटबल च्याम्पियनसिपतर्फ नेपाल फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई १–० ले हराउँदै फाइनल स्थान पक्का गरेको हो । नेपालको जितमा खेलको ८६औं मिनटमा साबित्रा भण्डारीले एक मात्र निर्णायक गोल गरीन् । स्मरण रहोस, यसअघि सोमबार मात्र नेपालले बलियो उज्बेकिस्तानसँग २–० को हार बेहोरेको थियो ।

आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानमाथि ८–२ को शानदार जित निकालेको नेपालले बिहीबार उपाधिका लागि फेरि उज्वेकिस्तानसँग फाइनल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...