दोस्रो खेलमा नेपाल पराजित

काठमाडौं (खेलदैनिक) । चारदेशीय नडेज्दा कप महिला च्याम्पियनसिप खेल्न किर्गिस्तानमा रहेको नेपाली महिला फुटबल टोलीले आफ्नो दोस्रो खेलमा हार बेहोरेको छ ।

आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानमाथि ८–२ को शानदार जित निकालेको नेपालले दोस्रो खेलमा सोमबार बलियो उज्बेकिस्तानसँग २–० को हार बेहोर्यो । हारका बावजुद नेपालको फाइनल प्रवेशको सम्भावना कायम छ ।

स्मरण रहोस, फिफा वरियतामा नेपाल १०६औं स्थानमा छ भने उज्बेकिस्तान ४४औं स्थानमा छ । नेपालले लिग चरणको अन्तिम खेलमा मंगलबार ताजिकिस्तानसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...