डिनरबाट संकलित एक लाख सहारा एकेडेमीको अक्षयकोषमा

पोखरा १९, फागुन

वेलायतमा हालै आयोजना भएको च्यारिटी डिनरको कार्यक्रमबाट संकलित एक लाख रुपैया सहारा फुटबल एकेडेमीको अक्षयकोषमा सहयोग प्राप्त भएको छ ।

भ्यालेन्टाई डे को अवसरमा इभरग्रिन गु्रप (भ्न्न्) यू. के. का सदस्यहरु बिच आयोजित उक्त कार्यक्रमबाट संकलित उक्त रकम सहारा एकेडेमीको अक्षयकोषको लागि सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।

इभरग्रिन गु्रप (भ्न्न्) यू. के. को तर्फबाट सदस्य एवं सहारा क्लब यू. के. एवं पोखराका शुभचिन्तक लाल प्रसाद गुरुङबाट उक्त सहयोग प्राप्त भएको हो । उक्त अवसरमा सहारा यू. के. का सल्लाहकार नरजङ गुरुङबाट समेत सहारा एकेडेमीको अक्षयकोषको लागि ५० हजार रुपैयाँ प्राप्त भएको महासचिव केशवराज बरालले बताए ।

सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्यले खादा लगाएर एकेडेमीमा बुधबार दाताहरुलाई स्वागत गरेका हुन ।

सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु समेलित सहारा फुटबल एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण गराइदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...