बाहुनडाँगी: धुलाबारी फुटबल टेनिङ सेन्टरले नकसलबाडी एफ सी, भारतलाई पराजित

कृष्ण सिन्जाली, झापा, खेल दैनिक

खुल्ला लात्ते भकुन्डो प्रतियोगिताको बुधवार भएको उद्घाटन खेलमा घुलावारी फुटबल टेनिङ सेन्टर बिजयी भएको छ ।

बाहुनडाँगी –९ स्थित गाडागल्लीमा भएको उद्घाटन खेलमा धुलाबारी फुटबल टेनिङ सेन्टरले नकसलबाडी एफ सी, भारतलाई १ – ७ गोलको अन्तरले पराजित गरेको छ  ।

कृषि उपज बजार संचालन समितिको आयोजना तथा गाडागल्ली स्पोटिङ क्लबको सह आयोजनामा भएको प्रतियोगितामा घुलाबारीका रन्जित लिम्बुले ४ गोल, विजय राईले २ गोल र शुनिल थापा मगरले १ गोल गरेका थिए भने नकसलबाडीका सरम हजराले १ मात्र सान्तन्वा गोल गरेका थिए ।

मुख्य प्रयोजक प्रिन्स मेटल स्टील एण्ड एल्मनियम फेब्रिकेटर हाउस तथा सह प्रयोजक रिस्ता निर्माण सेवा रहेको  उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य बिमल आर्चाय, विशिष्ठ अतिथि बाहुनडाँगी गाविसका सचिव अरुण राई, हाउसका मणीकुमार लिम्बु, लोकनाथ लामिछाने र पूर्ण देवानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

खेलको म्यान अफ दि म्याच विजेता क्लबका रन्जित लिम्बु घोषित भएका छन् ।

प्रतियोगिताका विजेताले क्रमशः ५१ ह्जार नगद तथा उपविजेताले ३१ ह्जार नगद पुरस्कार,शिल्ड,ट्रर्फी र प्रमाण पत्र प्राप्त गर्ने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...