पाथिभरा गोल्डकप : इलेभन एरोज उपाधि नजिक

ताप्लेजुङ (खेलदैनिक) । इलेभन एरोज, सुनसरी जारी चौथो पाथिभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा इलेभन एरोजले रेड हर्स क्लब, इलामलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

ताप्लेजुङ स्थित भानु माविको खेलमैदानमा भएको खेलमा इलेभन एरोजका लागि ३५औं मिनटमा यानिक अवानाले पहिलो गोल गरे । पहिलो हाफसम्म इलेभन एरोजले त्यो अग्रता कायम पनि राख्यो ।

त्यस्तै दोस्रो गोलका लागि भने बिजयी टोलीले अन्तिमसम्म पर्खनपर्यो । खेलको अन्तिमतिर ८८औं मिनटमा श्याम चौधरीले दोस्रो गोल गर्दै इलेभन एरोजको जित सुनिश्चित गरेका थिए ।

खेलमा बिजयी टोलीका लागि पहिलो गोल गरेका यानिक म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार पनि प्राप्त गरे ।

लाखेजात्रा आयोजक कमिटी, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल डाँगीहाट एफसी, मोरङ र रेड स्टार एफसी, झापाबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...