साफ यु–१५ मा नेपालको खराब शुरुवात

काठमाडौं (खेलदैनिक) । भारतको कल्याणीमा बुधबारदेखि शुरु साफ यु–१५ च्याम्पियनसिपतर्फ उद्घाटन खेलमा नेपालले खराब शुरुवात गरेको छ । पश्चिम बंगाल स्थित कल्याणी स्टेडियममा भएको उद्घाटन खेलमा नेपालले दावेदार मानिएको आयोजक भारतसँग ४–० को फराकिलो हार बेहोर्यो ।

भारतका लागि खेलको पाँचौं मिनटमै महेसन सिंहले पहिलो गोल गरे । उनको प्रहार नेपालका गोलरक्षक नितेश श्रेष्ठले ठम्याउन सकेनन् । त्यस्तै दोस्रो गोल २४औं मिनटमा शुभो पाउलले गरे भने तेस्रो गोल भने ४३औं मिनटमा कप्तान अनिश मजुमदरले गरे ।

खेलमा एकपक्षीय जित निकालेको भारतका लागि दोस्रो हाफ शुरु भएको केहि मिनट लगतै ४९औं मिनटमा टायसन सिंहले चौथो गोल गरे । लगतै ५६औं मिनटमा श्रीद्धार्थले पाँचौं गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरे ।

नेपालले आफ्नो दोस्रो खेल अब शुक्रबार श्रीलंकासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...