साफ यु–१५ : नेपाल पहिलो हाफ मै खायो ३ गोल

काठमाडौं (खेलदैनिक) । भारतको कल्याणीमा बुधबारदेखि शुरु साफ यु–१५ च्याम्पियनसिपतर्फ उद्घाटन खेलमा नेपालले पहिलो हाफसम्म भारत विरुद्ध ३ गोल खाएको छ ।

पश्चिम बंगाल स्थित कल्याणी स्टेडियममा जारी खेलको पाँचौं मिनटमै महेसन सिंहले पहिलो गोल गरे । उनको प्रहार नेपालका गोलरक्षक नितेश श्रेष्ठले ठम्याउन सकेनन् । त्यस्तै दोस्रो गोल २४औं मिनटमा शुभो पाउलले गरे । त्यस्तै तेस्रो गोल भने ४३औं मिनटमा कप्तान अनिश मजुमदरले गरे ।

दोस्रो हाफको खेल केहीबेरमा शुरु हुँदै ।


प्रतिक्रिया दिनुहोस

Loading...