मनाङका मिडफिल्डर श्रेष्ठको शल्यक्रिया सम्पन्न

काठमाडौं (खेलदैनिक) । नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर शिव श्रेष्ठको घुँडाको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।

गोलनेपालका अनुसार केही महिना अघि सम्पन्न नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता खेल्ने क्रममा श्रेष्ठ चोटिल बन्न पुगेका थिए । श्रेष्ठको केएमसी अस्पतालमा डाक्टर राजिव मानन्धर र उनको टोलीले शल्यक्रिया गरेका थिए ।

शल्यक्रिया सफलताका साथ सम्पन्न भएपछि हाल श्रेष्ठ आराम गरिरहेका छन् । साथै कुराकानीका क्रममा उनले आफू प्रंर्याप्त आराम गरेर पूर्ण फिट हुँदै थप बलियो भएर मैदानमा फर्किने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...