जकार्ताको शानदार जित, रोहित म्यान अफ द म्याच

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा व्यवसायीक फुटबल खेलिरहेका राष्ट्रिय फुटबलर रोहित चन्दको टोली पर्सिजा जकार्ताले मंगलबार सुपर लिगमा शानदार जित हात पारेको छ ।

शानदार जित हात पार्ने क्रममा जकार्ताले यसै सिजन शिर्ष लिगमा उक्लिएको कल्टेङपुत्र एफसीलाई ३–० ले हरायो । जकार्ताको जितमा खेल शुरु भएको १२औं मिनटमै हेरि सुसान्टोले पहिलो गोल गरे ।

एकपक्षिय जित निकालेको जकार्ताका लागि ४९औं मिनटमा मार्को सिमिकले दोस्रो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा सान्डी दर्म सुतेले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे । खेलमा प्रभावशाली प्रदर्शन गरेका रोहित चन्द म्यान अफ द म्याच चुनिए ।

यो जितसँगै ११ खेलबाट १२ अंक जोडेको जकार्ता १५औं स्थानमा छ । त्यस्तै ३ खेल बढी खेलेको कल्टेङपुत्र १४ खेलबाट १४ अंकका साथ १३औं स्थानमा छ । शिर्ष स्थानमा भने १४ खेलबाट ३४ अंक जोडेको बाली युनाइटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...