‘मोरङ डर्बी’मा डाँगीहाट सफल

ताप्लेजुङ (खेलदैनिक) । झिनो अन्तरको जितका साथ डाँगीहाट एफसी, मोरङ जारी चौथो पाथिभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भानु माविको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलमा डाँगीहाटले छिमेकी प्रतिद्वन्द्वी बेलबारी एफसी, मोरङलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । डाँगीहाटको जितमा खेलको ३३औं मिनटमा बिक्रम लिम्बुले एक मात्र निर्णायक गोल गरे ।

खेलमा अरुण लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल इलेवन एरोज, सुनसरी र युके एफसी, दार्जिलिङबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...