अन्ततः कलिला फुटबलरहरुलाई जुट्यो सहयोग

बारा (खेलदैनिक) । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ चकरीका बालबालिकाहरुलाई हेटौडाका बिजय लामाले करिब १५ हजार बराबरको खेल सामाग्री शनिबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका छन ।

गत साता खेलदैनिकमा प्रकाशित ‘एक युवाको अभियान कलिला खुट्टा, ठुला सपना’ शिर्षकको समाचारले आफ्नो बाल्यकालको सम्झना आएको भन्दै लामाले उक्त सहयोग गर्न अघि सरेका हुन् ।

साथै सोही अवसरमा मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष एवम हेटौडा स्पोर्टस मुन्डीयालका प्रोपाईटर सुबिन घिमिरेले खेलाडीको हौसला प्रदान गर्न ३० थान मार्कर सहयोग गर्दै उनले आगामी दिनहरुमा समेत सहयोग गर्न तयार रहेको बताए ।

जर्सी लगायतका खेलकुद सामाग्री पाएपछी खेलाडीहरुलाई थप हौसला मिलेको र निकै खुशी भएको चकरी युवा क्लबका अध्यक्ष भिम बहादुर मोक्तानले बताए । साथै सहयोगी हातहरुलाई धन्यवाद समेत दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...