साफ–१५ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको बिदाई

इटहरी (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१५ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको बिदाई गरेको छ । एन्फाले सुनसरीको इटहरीमा एक कार्यक्रमको आयोजना गरी युवा टोलीको बिदाई गरेको हो ।

कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य अतिथीहरुको पनि उपस्थिति थियो । स्मरण रहोस, यसपटकको साफ यु–१५ च्याम्पियनसिप यहि अगस्त २१ देखि ३० तारीखसम्म पश्चिम बंगाल भारतको कल्याणी स्थित कल्याणी स्टेडियममा हुँदैछ ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल २१ अगस्तका दिन नै आयोजक भारतसँग खेल्नेछ । त्यस्तै २३ तारीखका दिन श्रीलंकासँग खेल्नेछ भने २७ तारीखका दिन साविक विजेता बंगलादेशसँग खेल्नेछ । त्यस्तै लिग चरणको अन्तिम खेलमा नेपालले २९ अगस्तका दिन भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंका गरी दक्षिण एसियाका कुल पाँच टोली भिड्दै छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितातर्फ शिर्ष दुई स्थान हासिल गर्ने टोली फाइनलमा भिड्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...