सानोगौचरन नाईटलाई भेट्रान फुटबलको उपाधि

काठमाडौं (खेलदैनिक) । प्रथम मोसेन खान स्मृति भेट्रान फुटबल प्रतियोगिताको उपाधि सानोगौचरन नाईट किंग क्लबले जित्न सफल भएको छ ।

छावहिल गणेशस्थानमा भएको फाइनल भिडन्तमा सानोगौचरनले बनेपा ब्वाईज क्लब भेट्रानलाई ३–१ ले हराउँदै उपाधि माथि कब्जा जमायो । अमिन शाक्य प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बने । राजेन्द्र गौतम उत्कृष्ट गोलरक्षक बन्दा प्रदिप लामा उत्कृष्ट डिफेन्डर घोषित भए ।

बिजेता बनेको सानो गौचरनले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता बनेपाले ५० हजारमा चित्त बुझायो । चावहिल स्पोर्टस क्लबको आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रायोजन पूर्व खेलाडी समेत रहेका स्वर्गीय मोसेन खानको परिवारले गरेको थियो ।

प्रतियोगिता समापनको अवसरमा आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले प्रतियोगिता सफलताका साथ सम्पन्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...