पाथीभरा गोल्डकप : रेड हर्स सेमिफाइनलमा

ताप्लेजुङ (खेलदैनिक) । प्रतिस्पर्धात्मक जितका साथ रेड हर्स एफसी, इलाम जारी चौथो पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भानु माविको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा रेड हर्सले फिदिम स्र्पोटिङ क्लबलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । यसअघि नियमित समयतर्फको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलमा बिजयी टोलीका सौरव सुवेदी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो क्वाटरफाइनल खेल बेलबारी एफसी, मोरङ र डाँगीहाट क्लब, मोरङबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...