सुनसरीमाथि महारानीगञ्जको जीत

रमेश समदर्शि , खेलदैनिक , झापा, फागुन १८ ।

शनिश्चरेस्थित नमुना खेलमैदानमा जारी सुखानी सहिद स्मृति महिला गोल्डकप फुटबल प्रतियोगिता बुधबार झापाको महारानीगञ्ज मावि विजयी भएको छ ।

सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा सुनसरी ११ महिला एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै महारानीगञ्ज मावि सेमिफाइनल पुगेको छ ।

महारानीगञ्जका लागि निर्णायक गोल मलिका मगरले गरेकी हुन् । उनी वुमन अफ दी म्याच घोषित हुँदै नगद दुई हजार पाउन सफल भइन् ।

उनलाई प्रतिष्ठानका उपाध्यक्ष टङ्कप्रसाद भट्टराईले नगद प्रदान गरे ।

बिहीबारको पहिलो सेमिफाइनल खेल झापाको पारिजात र मोरङको दुर्गापुरी महिला फुटबल टिमबीच हुने आयोजकले जनाएको छ ।

गोल्डकपको विजेताले ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...