नेपालको पहिलो खेल आयोजक किर्गिस्तानसँग

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रतियोगिताका रुपमा नेपाली महिला फुटबल टोलीले किर्गिस्तानमा हुने चार देशीय नडेदा कप खेल्ने एन्फाले पुष्टी गरिसकेको छ ।

प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै नेपाल, बलियो उज्बेकिस्तान र ताजिकिस्तानले सहभागिता जनाउने छन् । नेपालले आफ्नो पहिलो खेल नै आयोजक किर्गिस्तान विरुद्ध खेल्नेछ । त्यस्तै दोस्रो खेल दावेदार उज्बेकिस्तान विरुद्ध खेल्नेछ भने लिग चरणको अन्तिम खेल ताजिकिस्तान विरुद्ध खेल्नेछ ।

यस्तो प्रतियोगिताको खेलतालिका :

२०१९ सेप्टेम्बर ८ – ताजिकिस्तान विरुद्ध उज्बेकिस्तान
२०१९ सेप्टेम्बर ८ – किर्गिस्तान विरुद्ध नेपाल
२०१९ सेप्टेम्बर ९ – उज्बेकिस्तान विरुद्ध नेपाल
२०१९ सेप्टेम्बर ९ – ताजिकिस्तान विरुद्ध किर्गिस्तान
२०१९ सेप्टेम्बर १० – नेपाल विरुद्ध ताजिकिस्तान
२०१९ सेप्टेम्बर १० – किर्गिस्तान विरुद्ध उज्बेकिस्तान
२०१९ सेप्टेम्बर १२ – तेस्रो स्थानको टोली विरुद्ध चौथो स्थानको टोली
२०१९ सेप्टेम्बर १० – पहिलो स्थानको टोली विरुद्ध दोस्रो स्थानको टोली


प्रतिक्रिया दिनुहोस

Loading...