नेपाली यु–१८ टोलीबाट १६ खेलाडी हटाइए

काठमाडौं (खेलदैनिक) । नेपाल यु–१८ टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले टोलीको ४६ सदस्यीय प्रारम्भिक टोलीबाट खेलाडीहरु हटाएर ३० खेलाडी छनौट गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रशिक्षक श्रेष्ठले सोमबार भएको टिम छनौटको भिडन्त पछि प्रारम्भिक टोलीका लागि ३० खेलाडीहरुको नामावली सार्वजनिक गरेको हुन् ।

नेपाली यु–१८ टोलीले शुक्रबार मात्र नेपालको यु–१६ टोलीसँग मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । प्रशिक्षक श्रेष्ठका अनुसार ४६ सदस्यीय टोलीबाट हटाइएका खेलाडीहरु उदयीमान भए तापनि उनीहरुले आफ्नो क्षमता र प्रदर्शनमा थप सुधार गर्नुपर्ने बताए । साथै उनले हटाइएका खेलाडीहरुले घरेलु प्रतियोगिता तथा लिगहरुमा खेलेर आफूलाई थप तिखार्न सक्ने विश्वास पनि व्यक्त गरे ।

स्मरण रहोस, साफ यु–१८ च्याम्पियनसितर्फ आयोजक राष्ट्र समेत रहेको नेपाल समूह ए मा भुटान, माल्दिभ्स र पाकिस्तानसँग रहेको छ । प्रतियोगिता यहि आउँदो सेप्टेम्बर २० देखि २९ तारीखसम्म सशस्त्र प्रहरीको एपिएफ स्टेडियममा हुँदैछ । एन्फाका अनुसार प्रशिक्षक श्रेष्ठले नेपाल यु–२८ टोलीको २३ सदस्यीय अन्तिम नामावली सेप्टेम्बरको पहिलो साता घोषणा गर्ने बताएको छ ।

यस्ता छन् ३० सदस्यीय यु–१८ टोली :

गोलकिपर्स : बिशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना

डिफेन्डर्स : बिशाल बस्नेत, रणदिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, बिशान्त बस्नेत, आलिक रुम्बा, अन्जन महर्जन

मिडफिल्डर्स : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, राजन पुन, आकाश बुढा मगर, रेजिन माझी, जय गुरुङ, मनिष थापा, कुशल फुया, नितिन थापा

फरवार्डस : ब्रिजेश चौधरी, सचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी


प्रतिक्रिया दिनुहोस

Loading...