नेपाली महिला फुटबल टोलीले किर्गिस्तानमा चार देशीय प्रतियोगिता खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपालमै आयोजना हुन गईरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली महिला फुटबल टोलीले किर्गिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार नेपाली महिला फुटबल टोलीले साग कै तयारीका रुपमा यहि आउँदो सेप्टेम्बर ६ देखि १३ तारीखसम्म किर्गिस्तानमा हुने नडेदा कप २०१९ खेल्ने पक्का भएको हो ।

प्रतियोगितामा नेपालसहित आयोजक किर्गिस्तान, बलियो उज्बेकिस्तान र ताजिकिस्तानले सहभागिता जनाउने एन्फाले पुष्टी गरेको हो ।

स्मरण रहोस, १३औं दक्षिण एसियाली खेलकुद यहि आउँदो डिसेम्बर १ देखि १० तारीखसम्म नेपालले आयोजन ागर्ने यसअघि नै तय भईसकेको छ । त्यसका लागि नेपालले आवश्यक तयारी पनि शुरु गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...