अष्ट्रेलियामा हुने नेपालको विश्वकप छनौटको म्याच समय तय

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ नेपाल र अष्ट्रेलियाबीच अक्टुबर १० तारीखका दिन हुने खेलको समय तय भएको छ । अष्ट्रेलिया एफएका अनुसार क्यानबेरा स्थित जियो स्टेडियममा हुने सो म्याच स्थानीय समयअनुसार ७:३० बजे शुरु हुनेछ ।

त्यस्तै गोलनेपालका अनुसार सो म्याचका लागि टिकट बिक्री मंगलबारदेखि शुरु हुने समेत बताइएको छ । स्मरणीय छ, फिफा विश्वकपको दोस्रो चरणको एसियाली छनौटतर्फ समूह बी मा परेको नेपालले अष्ट्रेलियासँगै कुवेत, जोर्डन र चाइनिज ताइपेइ विरुद्ध खेल्नेछ तय भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...