साफ यु–१५ खेल्ने नेपाली टोलीको फाइनल स्क्वाड घोषणा

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै महिना भारतमा हुन गईरहेको साफ यु–१५ च्याम्पियनसिपका लागि नेपाली टोलीको फाइनल स्क्वाड घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले देशभरिबाट आएका ५२ खेलाडीहरु मध्येबाट नेपाली यु–१५ टोलीको फाइनल स्क्वाड तयार पारेका हुन् । स्मरणीय छ, श्रेष्ठको सहायक प्रशिक्षकमा राजकुमार केसी र गोलकिपिङ प्रशिक्षकमा बिनोद महर्जन रहेका छन् ।

टिम घोषणा पछि मुख्य प्रशिक्षक श्रेष्ठले साफ यु–१५ च्याम्पियनसिपमा नेपालको पनि उपाधि जित्ने सम्भावना रहेको बताए । यद्यपि उनले नेपाल प्रतियोगिताको दावेदारका रुपमा भने नउत्रिने स्पष्ट पारे । साथै प्रशिक्षक श्रेष्ठले नेपालको पहिलो खेल निकै महत्वपूर्ण हुने बताए ।

यहि अगस्त २१ देखि ३१ तारीखसम्म भारतको कल्याणी स्थित कल्याणी स्टेडियममा हुन गईरहेको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलका रुप्मा उद्घाटन खेल मै आयोजक तथा बलियो भारतसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल २३ अगस्ताका दिन श्रीलंकासँग खेल्नेछ भने २७ र २९ अगस्तका दिन क्रमश बंगलादेश र भुटानसँग भिड्नेछ ।

यस्तो छ नेपाली यु–१५ टोली:

गोलकिपर्स : इश्वर गुरुङ, मनोज दाहाल, जिनियस केसी

डिफेन्डर्स : प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बु, रोशन थापा

मिडफिल्डर्स : जन्मेजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, बिपीन तुमसिङ मगर, अमिर हामि, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

फरवार्डस : कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी, सशांक बोहरा


प्रतिक्रिया दिनुहोस

Loading...