राष्ट्रिय टोलीको क्याम्पबाट पाँच खेलाडी ‘आउट’

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप २०२२ को दोस्रो चरणको एसियाली छनौट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीबाट मुख्य प्रशिक्षक योहान कालिनले पाँच खेलाडीलाई बाहिर निकालेका छन् । यो सँगै राष्ट्रिय टोलीको प्रारम्भिक छनौटमा अब ३१ जना खेलाडी छन् ।

ती खेलाडीहरुलाई प्रशिक्षक कालिनले मंगलबार बाहिर निकालेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । बाहिरिने खेलाडीहरुमा कमल श्रेष्ठ, नितीन थापा, सेसेहाङ आङदेङबे, अमित तामाङ र मिचेन तामाङ रहेका छन् ।

साथै एन्फाका अनुसार बाहिरिएका ती पाँच खेलाडीहरुमध्ये कमल श्रेष्ठ बाहेक अन्य चार खेलाडीहरु १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालको यु–२३ क्याम्पमा सहभागिता हुने छन् । जसको नेतृत्व बालगोपाल महर्जनले गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...