सुखानी सहिद स्मृति महिला गोल्डकप : पारिजात अन्तिम चारमा

रमेश समदर्शी

शनिश्चरेस्थित नमुना खेलमैदानमा जारी सुखानी सहिद स्मृति महिला गोल्डकप फुटबल प्रतियोगिता मङ्गलबारको खेलबाट सालबारीको पारिजात महिला एफसी अन्तिम चारमा पुगेको छ ।
सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा सुरुङ्गाको कनकाई स्पोर्टिङ क्लबलाई ७–० गोल अन्तरले पराजित गर्दै पारिजात अन्तिम चारमा पुगेको हो । पारिजातका लागि पवित्रा राईले ह्याट्रिक गरिन् भने मुना लावती, मुना राई, अनिता घतानी, निर्मला चौहानले १–१ गोल गरे ।

खेलको वुमन अफ दी म्याच पारिजातकी पवित्रा राई घोषित हुँदै नगद दुई हजार पाइन् । उनलाई सहिद सुखानी उद्यान व्यवस्थापन समितिका अध्यक्ष बिर्ख प्रधानले नगद हस्तान्तरण गरे ।

बुधबारको खेल सुनसरी ११ र सालबारीकै महारानीगञ्ज मावि महिला फुटबल टिमबीच हुने आयोजकले जनाएको छ । गोल्डकपको विजेताले ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...